nmb bank

गृहपृष्ठ प्रारम्भिक परिणामले हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ–पुरुषोत्तम पौडेल

प्रारम्भिक परिणामले हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ–पुरुषोत्तम पौडेल

प्रारम्भिक परिणामले हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ–पुरुषोत्तम पौडेल

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । उम्मेदवार पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।

‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु