nmb bank

गृहपृष्ठ नबिल बैंकमा ‘क्याड मोड्युल’ कार्यान्वयन

नबिल बैंकमा ‘क्याड मोड्युल’ कार्यान्वयन

नबिल बैंकमा ‘क्याड मोड्युल’ कार्यान्वयन

सफ्टवेयर कम्पनी एसबी सोलुसन्स प्रालि नेपालले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ ।

एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो, क्याड मोड्युल । नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समयदेखि यसको नियमित रूपमा उपयोग भइरहेको छ र यसले बैंकको स्वीकृति पत्रसँगै, कर्ण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखतलगायत सम्पूर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको छ ।

एसबी सोलुसन्सले पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ । नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरू क्याड मोड्युलबाट तयार गर्दै गरेको एक वर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङको यात्रामा एउटा कोसेढुंगा पार गरेको छ ।

डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरू तयार पार्न लाग्ने समय घटाई ग्राहकहरूलाई छिटो प्रशासनिक सेवाहरू प्रदान गर्न सहयोग गर्दै आएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ अटोमेसन सोलुसन्सहरु प्रदान गरिसकेको छ ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरताहरुलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरूले केवल एउटा फारम भर्नुपर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्रसहित आवश्यक सम्पूर्ण कानुनी कागजातहरू सिस्टमले आफै तयार पारिदिन्छ ।

यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरु लिएर अंग्रेजी इनपुटहरुलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ यसले प्रयोगकर्ताहरुलाई अझ सहज पारिदिन्छ । ‘हामी क्याड मोड्युलमार्फत नबिल बैंकमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौं । हामी नेपालका सबै बैंक र वित्तीय संस्थाहरूमा समान स्तरको कानूनी कागजातहरू कार्यान्वयन गर्ने आशा राखेका छौ । नबिल बैंकको सफलता हाम्रो भिजन पूरा गर्नको लागि एउटा ठूलो कोसे ढुंगा हो,’ एसबी सोलुसन्सका सीईओ संजोग मिश्रले भने ।

करिब पाँच वर्षको अन्तरालमा कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई सेवा प्रदान गरिसकेको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु