काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

3.45K
shares

 प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।