काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल–बंगलादेश ऊर्जा बैठक हुँदै, मुख्य एजेन्डा प्रसारण लाइनमा केन्द्रीत

4.5K
shares

यही वैशाख २७ र २८ गते बंगलादेशमा नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पाँचौं सचिवस्तरीय बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल सुरु गरेको छ ।

वैशाख २७ मा दुवै देशका सहसचिवस्तरको बैठकमा छलफल हुने एजेन्डालाई २८ गतेको सचिवस्तरीय बैठकले टुंग्याउने उनको भनाइ छ । अहिले मन्त्रालयमा नेपालतर्फको संयुक्त प्राविधिक समिति ९जेटीटी० को छलफल भइरहेको छ ।

बैठकमा मुख्यतः ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत् आयोजना निर्माणका विषयमा छलफल हुने मन्त्रालयले बताएको छ । ०७९ भदौ ८ र ९ गते काठमाडौंमा सम्पन्न बैठकमा सुनकोशी–३ आयोजनालाई प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने निर्णय भएको थियो ।

बैठकले वातावरण मूल्यांकन प्रतिवेदन तथा विस्तृत आयोजना प्रतिवेदन नेपाली पक्षले निर्माण गर्ने निर्णय भएको थियो । अध्ययन सकिए पनि कुन मोडालिटीमा आयोजना निर्माण गर्ने यकिन भएको छैन । बैठकले आयोजना निर्माणको मोडालिटी र दुवै देशले गर्नुपर्ने साझेदारीका विषयमा छलफल गर्नेछ ।

सचिवस्तरीय चौथो बैठकमा भारतकै संरचना प्रयोग गरी बंगलादेशले ५० मेगावाट बिजुली किन्ने निर्णयसमेत गरेको थियो । यसका लागि भारतलाई दुवै पक्षबाट मनाउने सहमति भएको थियो । बैठकमा बंगलादेशले ०७९ कात्तिकभित्र नेपालको ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति भएको थियो । यसमा विद्युत् निर्यातका लागि आवश्यक ट्रान्सफर्मर लाइनका लागि भारतसँग समेत छलफल गरेर टुंगोमा पुर्‍याइने बैठकले निर्णय गरे पनि भारतले यसमा सहमति दिएको छैन ।

पाँचौं बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ ।