nmb bank

गृहपृष्ठ आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर : पठाउने र पाउने दुवैलाई आकर्षक उपहार

आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर : पठाउने र पाउने दुवैलाई आकर्षक उपहार

आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर : पठाउने र पाउने दुवैलाई आकर्षक उपहार

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

०७९ चैत २९ देखि ०८० भदाै २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२)सम्म चल्ने सो अफरमा ग्राहकले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच हेयलोउ आरटी एलएस ०५५ जित्ने मौका पाउनेछन् ।

पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुईजना भाग्यशाली विजेता छनाेट गरिनेछ। यस अफरअन्तर्गत पैसा पठाउने ग्राहक वर्गबाट एकजना तथा पैसा पाउने ग्राहक वर्गबाट एकजना विजेता गोलाप्रथाबाट छानिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहक वर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पीटुपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु