काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होहल्ला भएपछि रोकियो उद्योग वाणिज्य महासंघको मतदान

6.51K
shares

मतदानस्थलमा होहल्ला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो ।

निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ ।

महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।