गृहपृष्ठ बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा झार्यो
बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा झार्यो

बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ बैशाखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।
१ बैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको संघले जनाएको छ ।
यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको हो ।
प्रकाशित समय : ११:५१ बजे