काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बढ्यो सुनको मूल्य

6.3K
shares

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।