अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्यो
वि.सं.२०७९ चैत २९ बुधवार ११:०६
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको हाे ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । दुर्गा प्रसाईलाई आफूले नचिनेको र फोन संवादसमेत नगरेको श्रेष्ठकाे दाबी छ ।

























