nmb bank

गृहपृष्ठ कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १०६ जना संक्रमित

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १०६ जना संक्रमित

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १०६ जना संक्रमित

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको समेत भएका छन् ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु