nmb bank

गृहपृष्ठ १५.२० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

१५.२० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

१५.२० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ ।गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु