काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

6.13K
shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेकाे छ । गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि १० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।