काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालेनलाई गृहमन्त्रीको प्रश्नः मेयरले सिंहदरबारभित्रको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ

8.13K
shares

गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएपछि जवाफ स्वतरुप उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् ।

तर, स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने उनको भनाइ छ । आज बिहान चितवन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले औचित्य पुष्टि हुने गरी तथ्यगत रूपमा आए स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न सकिने बताएका हुन् । संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख शाहले आफ्नो अभिव्यक्तिबारे आफैँ सोच्नुपर्ने भन्दै उनले फोहोर उठाउँदिन भन्न नमिल्ने पनि बताएका छन् । काठमाडौंको मेयरले सार्वजनिकरूपमा सिंहदरबारभित्रको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ कि मिल्दैन ?’ गृहमन्त्री श्रेष्ठले प्रश्न गरे, ‘त्यसले महानगरपालिका र स्वयं मेयरलाई समाजको अगाडि कुन ठाउँमा प्रस्तुत गर्छ भनेर उनहाँले नै सोच्नुपर्छ ।’