गृहपृष्ठ सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
आज सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत दुई खेल हुँदैछन् ।लिग अन्तर्गत बिहीबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । हिमालयन ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।आर्मी आज तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रकाशित समय : ०९:२५ बजे


















