काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सत्तारुढ गठबन्धनको बैठक सुरु

6.49K
shares

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने बारेमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्युनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नु अघि गठबन्धनका शिर्ष नेतावाट अनुमोदन गराउनका लागि बैठक बसेको हो । शिर्ष नेतावाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ ।