काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज पनि घट्यो सुनचाँदीको मूल्य

6.74K
shares

सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि २० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।