गृहपृष्ठ नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा सञ्जय अग्रवाल
नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा सञ्जय अग्रवाल
नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इण्ड्रष्टिज्मा नयाँ कार्यसमिति चयन भएको छ । सञ्जय अग्रवालको अध्यक्षतामा २५ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा मनोज ज्ञवाली र अरनिको राजभण्डारी छन् । त्यस्तै, महासचिवमा तीर्थबहादुर रोका र सचिवहरूमा रोम घिमिरे र मनोज श्रेष्ठ रहेका छन् । कोषाध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् ।
यो समितिले नेपालबाट इटालीमा हुने वैदेशिक व्यापारलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताइएको छ ।
प्रकाशित समय : १९:३६ बजे


















