nmb bank

गृहपृष्ठ एसीसी प्रिमियर कपमा नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

एसीसी प्रिमियर कपमा नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

एसीसी प्रिमियर कपमा नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया फाइल तस्बिर ।

एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक गरिएको छ । एसियन क्रिकेट काउन्सिलले बिहीबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता आउँदो अप्रिल १८ देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियाको सामना गर्नेछ । कुल १० टिम सहभागी रहने प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुनेछन् । नेपालले पहिलो खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुने जनाइएकाे छ ।

प्रिमियर कप पाकिस्तानमा हुने एसिया कप-२०२३ को छनोट प्रतियोगिता हो । मे २ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गर्नेछ । एसिया कपमा छनोट हुने टिमले समूह ‘ए’मा रहेको भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । प्रतियोगिताको समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टिम नेपालसँगै, कतार, साउदी अरेबिया, ओमान र मलेसिया छन् । समूह ‘बी’मा बहराइन, हङकङ, कुवेत, यूएई र सिंगापुर छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल मे १ मा हुने भए पनि एसीसीले मे २ लाई ‘रिजर्भ डे’मा राखेको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु