गृहपृष्ठ यू-२० एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा
यू-२० एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा
एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘बी’ समूहमा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । ‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान छन् ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित समय : १७:४५ बजे


















