काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालीसहित ९ लाख ९५ हजार कामदारका लागि मलेसियाद्वारा कोटा प्रमाणित

7.04K
shares

मलेसियाले जनवरीदेखि मार्च १८ सम्म नेपालसहित १५ वटा श्रोत देशबाट ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउने कोटा प्रमाणीत गरेको छ । तर नेपालको लागि मात्रै अलग्गै कोटा भने छुट्टाइएको छैन । यद्यपि मलेसियाका लागि नेपाल प्रमुख स्रोत देश मानिन्छ ।

मलेसियाले सुरक्षा गार्डका लागि मात्रै नेपालका लागि कोट छुट्ट्याउने गरेको छ । पछिल्लो ८ महिनाको अवधिमा मलेसियाका लागि १ लाख ७४ हजार ९३८ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

मलेसियाको मानव संशाधन मन्त्रालयका अनुसार सबैभन्दा बढी कोटा उत्पादन क्षेत्रको लागि छुट्टाइएको छ । उत्पादन क्षेत्रमा तीन लाख ८७ हजार एक सय २२ जना तोकिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा तीन लाख ४२ हजार एक सय ६ जना, सेवा क्षेत्र (रेष्टुरेन्टको लागि मात्रै) एक लाख ४३ हजार पाँच सय ६८ जना, प्लान्टेसन क्षेत्रमा ७६ हजार ३ सय २५ जना कृषिमा ४५ हजार ८ सय ९९ जना र खानी क्षेत्रमा तीनसय ७६ जनाको कोटा प्रमाणीत गरेको छ ।

मलेसियाले यी क्षेत्रमा कामदारको अभाव भएको भन्दै श्रोत देशबाट कामदारलाई भर्ना गर्न रोजगारदातालाई अनुमति दिएको हो । मलेसियाले गत जनवारीदेखि यी क्षेत्रमा कामदार भर्ना गर्न फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान (एफडब्लुइआरपी) कार्यक्रम लागू गरेको थियो ।

कोटा प्रमाणीत गरे अनुसार रोजगारदाताहरुले कामदार भर्ना प्रक्रियालाई ढिला गर्न थालेपछि आइतबार (चैत ४) देखि नयाँ कोटा प्रमाणीत गर्ने कार्य भने रोकिएको छ । ‘कोटा प्रमाणीत अनुसार कामदार ल्याउने कार्य भने सुस्त छ । यो समयमा रोजगारदाताले आफूले पाएको कोटा अनुसार तीव्र गतिमा भर्ना गर्नुपर्छ’, मानव संशाधन मन्त्री भी शिवकुमारले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।