काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्षमताभन्दा बढी सामान बोकेपछि बिमानका पाइलटसहित सात जना ग्राउन्डेड

6.51K
shares

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलसहित सात जनालाई ग्राउन्डेड (कारबाही) गरेको छ ।

सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं फर्किँदा निगमको ट्विनअटर ९एन/एबीटी विमानमा लोड सिटमा लेखिएको भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

यस घटनाबारे विस्तृत छानबिन गर्न निगमलाई प्राधिकरणले पत्राचार गरेको । प्रवक्ता निरौलाका अनुसार उक्त विमानमा ताप्लेजुङबाट १५ यात्रु काठमाडौं आएका थिए ।

जसमा ६ पुरुष, ९ महिला थिए । तर जहाजको लोड सिटमा १० महिला र ५ पुरुष लेखिएको थियो ।