काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेयर हर्क साम्पाङविरुद्ध कालाेपट्टी बाँधेर काम गर्दै धरानका वडाध्यक्षहरु

9.58K
shares

धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित भएका छन् । मेयर हर्क साम्पाङ राईले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका हुन् ।

धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङ्‍का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो ।

भट्टराईका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ । अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

भट्टराईका अनुसार १ चैतमा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा मेयर साम्पाङ्‍ले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए ।

मेयरको सचिवालयबाट भएको निर्देशन र मेयर साम्पाङ्‍को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ । दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ्‍को ध्यानाकर्षण गराएको उनले बताए ।