गृहपृष्ठ मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट
मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट
मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको उक्त आइपीओ आज (मंगलबार) बाँडफाँट भएको हो । उक्त आइपीओमा रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
बाँकी रहेको ७ कित्ता सेयर २० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ७ कित्ता सेयर ७ जना आवेदकहरूलाई बाँडफाँट गरिएको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १ लाख ८ हजार ५१७ कित्ता सेयरको लागि आवेदन खुला गरिएकोमा १८ हजार १०७ जना आवेदकहरूबाट ४ लाख ९९ हजार ७५० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।
जसमध्ये एक हजार २९६ जना आवेदकहरूबाट प्राप्त ६१ हजार ६७० कित्ता सेयरको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको १६ हजार ८११ जना आवेदकहरूको ४ लाख ३८ हजार ८० कित्ता सेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।
प्रकाशित समय : २२:०५ बजे




















