राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच भुक्तानीसम्बन्धी सम्झाैता
वि.सं.२०७९ चैत ६ सोमवार १०:३२
shares

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंक र रेमिटबीच वैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । साे सम्झौतापश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले राष्ट्र वाणिज्य बैंकको शाखामार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजारभन्दा बढी स्थानबाट आफ्नो सेवा प्रदान गर्न सक्नेछ । नेपाल रेमिट इन्टरनेशनल १७ वर्षदेखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

























