दुई विधेयक टेबल गर्ने तयारी
वि.सं.२०७९ चैत ५ आइतवार ०७:४०
shares

प्रतिनिधिसभाको बैठक आज बस्ने भएपछि संसद् सचिवालयले सम्भावित कार्यसूची तयार पारेको छ । जसअनुसार संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुँदैछन् ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दिएका छन् भन वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका सुवालले विरोधको सूचना दिएका छन् ।
सुरुमा विरोधको सूचना निर्णयार्थ पेश हुनेछ, त्यसपछि प्रधानमन्त्रीले विधेयक पेश गर्ने प्रस्तावित कार्यसूची छ । सभामुख घिमिरेले शनिबार गरेको छालफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरु दुबै विधेयक भोलि आइतबारकै संसद बैठकमा पेश गर्न सहमत भएका छन् ।
तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने एमाले प्रमुख सचेतक गिरीले बताएका छन् ।
कांगेस प्रमुख सचेतक रमेश लेखकले पनि यो विधेयक पास गर्नुपर्छ भन्नेमा कसैको विमति नभएको, तर विषयवस्तुमा केही मतहरु रहेको बताए ।
























