काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संसदको सत्तापक्षीय बेञ्चमा सर्ने कांग्रेसको तयारी, एमाले प्रतिपक्षमा बस्ने

4.23K
shares

नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । यससँगै भोलि आइतबार नै प्रतिनिधिसभाको बैठक बस्नेछ र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ ।

माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर सरकार छाडेको थियो । तर कांग्रेस औपचारिक रुपमा सरकारमा नगएकाले संसदको प्रतिपक्षी बेञ्च छाडेन । सरकार छाडेको एमालेले पनि प्रतिपक्षमा बस्ने भएपछि सिट व्यवस्थापनमा समस्या भएकै कारण संसद बैठक बस्न सकेको थिएन ।

सूचना टाँसेर स्थगित संसद बैठक भोलि आइतबार १ बजेका लागि बोलाइएको छ । तर कांग्रेसले प्रतिपक्षी बेञ्च नछाडेको र एमालेले प्रतिपक्षी बेञ्चमा बस्ने बताएका कारण के गर्ने भनेर छलफल गर्न सभामुख देवराज घिमिरेले शनिबार प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका थिए ।

सिंहदरबारमा भएको छलफलमा एमाले प्रमुख सचेतक पदम गिरीले आफूहरु प्रमुख प्रतिपक्षी भएको र त्यसअनुसार नै संसदमा सिट व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने भोलि विहान साढे १० बजे आफ्नो दलको बैठक बसेर एउटा धारणा बनाउने भन्दै सिटको विषय समस्या नहुने बताए । कांग्रेसका एक पदाधिकारीका अनुसार भोलि विहान कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

त्यसो भएमा एमाले प्रमुख प्रतिपक्षी बेञ्चमा बस्नेछ र, सिट व्यवस्थापनको सकस टर्नेछ।