गृहपृष्ठ अशोक लेल्यान्डको ‘दोस्त’मा ५ वर्षको वारेन्टी

अशोक लेल्यान्डको ‘दोस्त’मा ५ वर्षको वारेन्टी

अशोक लेल्यान्डको ‘दोस्त’मा ५ वर्षको वारेन्टी

अशोक लेल्याण्डले ग्राहकहरूलाई लक्षित आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा पाँच वर्षको वारेन्टी दिने भएको छ ।

यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी हो । उक्त कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनका चालिएको कम्पनीको भनाइ छ । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट रहेको समेत दाबी गरिएको छ । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरूलाई यसले कभर गर्नेछ ।

यो वारेन्टीअन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर-रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रिअर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता विद्युतीय कम्पोनेन्ट युनिटसमेत कभर हुनेछ ।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने समेत कम्पनीको भनाइ छ । कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी उपलब्ध हुनेछ ।

यसका साथै, कम्पनीले ग्राहकहरूलाई आफूले चाहेको कमर्सियल गाडीहरू खरिद गर्न सहयोग पुर्‍याउनका लागि सहज फाइनान्स सुविधाको घोषणा गरेको छ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु