गृहपृष्ठ सभामुख घिमिरेले आपत्तिजनक अभिव्यक्ति फिर्ता नलिए आन्दाेलन

सभामुख घिमिरेले आपत्तिजनक अभिव्यक्ति फिर्ता नलिए आन्दाेलन

सभामुख घिमिरेले आपत्तिजनक अभिव्यक्ति फिर्ता नलिए आन्दाेलन

सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले सो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।

शनिबार महासंघका महासचिब रोशन पुरीले विज्ञप्ति जारी गर्दै सो अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नवनिर्वाचित सभामुख घिमिरेलाई नेपाल पत्रकार महासंघको टोली शुक्रबार बधाई दिन सिंहदरबार पुगेको थियो । महासंघको टोलीसँग कुरा गर्दै सभामुखले ‘पत्रकार बिक्रीमा रहेको’ बताएका थिए ।

पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ ।’ महासंघले नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ चिन्ता प्रकट गरेको छ ।

यसअघि नेपाल प्रेस युनियनले पनि सभामुखकाे अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेकाे थियाे । युनियनका महासचिव दिलिप पाैडेलले विज्ञप्ति जारी गर्दै सभामुखले अशाेभनीय अभिव्यक्ति दिएकाे भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु