global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तिम त्रिकोणात्मक सिरिजमा नेपाल र पीएनजी खेल्दै

अन्तिम त्रिकोणात्मक सिरिजमा नेपाल र पीएनजी खेल्दै

अन्तिम त्रिकोणात्मक सिरिजमा नेपाल र पीएनजी खेल्दै

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज सोमबार पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ ।

त्रिकोणात्मक सिरिजको चौथो खेलमा घरेलु टोली र पीएनजी खेल्न लागेका हुन् । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहान्छ । घरेलु मैदानमा ८ एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित नेपाल आफनो नवौं खेललाई समेत स्मरणीय बनाउन चाहान्छ ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ । नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ । पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

नेपालको सम्भावित प्लेइङ-११

आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भिम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु