global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ समय सकिएपछि मनाङमा हिमपात

समय सकिएपछि मनाङमा हिमपात

समय सकिएपछि मनाङमा हिमपात

हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ । प्राकृतिकरूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यसपटक समय सकिएपछि हिमपात भएको छ । यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको छ ।

समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताइन् । मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ । हिमपातपछि किसानमा खुसी छाएको उनले बताइन् ।

ढिला गरी परेको हिमपातले जमिनको सतहमात्रै भिज्ने हुँदा उत्पादन खासै नबढ्ने उनले बताए । चिसो र हिमपात छल्न मनाङबासी कात्तिक अन्तिम र मंसिरको पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । यसपटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुवात भएको छ ।

प्रकाशित समय : ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु