global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चौतर्फी दबाबमा परेका बैंकहरु ब्याजदर घटाउने बाटो खोज्दै

चौतर्फी दबाबमा परेका बैंकहरु ब्याजदर घटाउने बाटो खोज्दै

चौतर्फी दबाबमा परेका बैंकहरु ब्याजदर घटाउने बाटो खोज्दै

कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) घटाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी रहेको कर्जाको ब्याजदर घटाउन लागेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको समीक्षापछि बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै २०८९ चैत मसान्तमा ४.२ प्रतिशत र २०८० असार मसन्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था राष्ट्रबैंकले गरेको थियो ।

माघमा निक्षेपको ब्याजदर घटाउँदा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासको आधार ब्याजदर (बेसरेट) पनि घट्ने र राष्ट्र बैंकले स्प्रेड दर पनि घटाउन निर्देशन दिएकाले प्रिमियम घटाएर कर्जाको ब्याजदर घटाउने बाटो लिएको एक बैंकरले बताए ।

माघबाट निक्षेपको ब्याजदर घटाउँदा ४.४ प्रतिशत नजिक स्प्रेड दर रहेका केही बैंकले फागुनमा नै ऋणी र कर्जाको प्रिमियम हेरेर केही कर्जाको प्रिमियम घटाइसकेको अर्का एक बैंकरले बताए ।

बैंकले लगानी गर्ने ऋणको ब्याजदर घट्न बैंकहरुले वचतमा दिँदै आएको ब्याजदर घट्नुपर्ने भन्दै बिहिबार बैंकर्स संघले छलफल आयोजना गरेको छ । जसमा सबै सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् ।

राष्ट्र बैंकले हाल ६ महिना भन्दा कम अवधिको मुद्धती निक्षेप लिन नसक्ने व्यवस्था गरेको छ । ३ महिनासम्मको मुद्धती निक्षेप लिदै आएका बैंकहरुलाई अब संस्थागत मुद्धती निक्षेपको अवधि न्यूनतम ६ महिना अवधिको हुनुपर्ने व्यवस्था भएसँगै अहिलेको मुद्धती निक्षेपको ब्याजदर संरचनासमेत परिमार्जन गर्नुपर्ने बैंकरहरु नै बताउँछन् ।

पछिल्लो समय बैंकहरुले ब्याजदरका नाममा चर्काे असुली गरेको भन्दै आलोचना भइरहेको छ । यस्तो अवस्थामा बैंक विरुद्धै अभियानहरु चल्न थालेका छन् । यसले पनि बैंकहरुलाई ब्याजदर घटाउनुपर्ने दबाब दिइरहेको छ ।

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु