काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

7.56K
shares

नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा पीएनजीले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु भएको छ ।

नेपालसँगै पीएनजी र यूएईसम्मिलित त्रिकोणात्मक शृंखला बिहीबारदेखि सुरु भएको हो ।

यो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलासमेत हो । यससँगै चार वर्ष लामो प्रतियोगिताले पूर्णविराम पाउने छ ।