गृहपृष्ठ पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा पीएनजीले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु भएको छ ।
नेपालसँगै पीएनजी र यूएईसम्मिलित त्रिकोणात्मक शृंखला बिहीबारदेखि सुरु भएको हो ।
यो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलासमेत हो । यससँगै चार वर्ष लामो प्रतियोगिताले पूर्णविराम पाउने छ ।
प्रकाशित समय : ०९:३० बजे




















