काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘राजनीति पुन: सम्हालिएर अघि बढ्न थाल्यो’

5.45K
shares

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुन: सम्हालिएर अघि बढ्न थालेको बताएका छन् ।

नुवाकोट जिल्लास्तरीय बाह्रौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई आज नुवाकोटको लिखुमा सम्बोधन गर्दै उनले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताए । ‘सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा गत पुस १० गतेपछि नैराश्यता छाएको थियो,’ डा. महतले भने, ‘राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गराैं यो निश्चित गन्तव्यमा पुग्नेछ ।’

देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम-लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उनको भनाइ थियो । मुलुक अहिले आर्थिक संकटमा रहेकाले अधिकार सम्पन्न स्थानीय तहले जनताको सेवा तथा सुविधा पुर्‍याउन र स-साना माग पूरा गर्न लाग्नुपर्ने उल्लेख गर्दै डा. महतले ठूल्ठूला योजना कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धितर्फ लम्काउने बताए ।