काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकद्वारा डस्टबिन वितरण

9.18K
shares

एनएमबी बैंकले झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामुदायिक विद्यालयको सरसफाइ तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यले ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा डस्टबिन वितरण गरेको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।

कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो । खानेपानी कार्यालयबाट अध्यक्ष अजय घिमिरेलगायत अन्य पदाधिकारी उपस्थित थिए ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।