काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल एयरलाइन्सको टिकट भुक्तानी अब आइएमई पेबाटै

7.01K
shares

आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ । नेपाल एयरलाइन्सको वेबसाइटबाट आवश्यकताअनुरुपको गन्तव्य र मिति छानेर मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो ।

ग्राहकलाई भुक्तानी प्रक्रिया सहज बनाउनका लागि सम्झौता गरिएको आइएमई पेले जनाएको छ । ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।