यी हुन् मन्त्रिपरिषद बैठकका ९ निर्णय
वि.सं.२०७९ फागुन १६ मंगलवार १८:४३
shares

मन्त्रिपरिषद बैठकले विदेशी दातृनिकायको सहयोग स्वीकृत गर्नेदेखि मन्त्री र सचिवका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौबीसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
बैठकले एशियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा यही फागुन २५ र २६ गते आयोजना हुने मध्यकालीन समीक्षा कार्यक्रममा अर्थमन्त्रालयका सचिव तोयम रायलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । यस्तै नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरुप दिन वार्ता टोली गठन गर्न बैठकले अनुमति दिएको छ ।
निर्णयहरू :



























