global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् ।

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले यसअघि सरकारलाई समर्थन गरेका केही दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् ।

उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताइन् । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने जानकारी दिइन् ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु