काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाइन रेसुंगा डेभलपमेण्ट बैंक १५औं वर्षमा प्रवेश

6.22K
shares

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । साे बैंक २०६५ साल फागुन ११ गते बुटवलको ट्राफिक चोकबाट सञ्चालनमा आएको हाे ।

बैंकले १४ वर्षको अवधिमा ८८ वटा शाखा, एउटा एक्सटेन्सन कार्यालय र १६ स्थानमा एटीएममार्फत ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैंकले प्रदेश १ र मधेश प्रदेशबाहेक पाँच वटा प्रदेशका २० जिल्लामा शाखा विस्तार गरिसकेको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलका अनुसार ८८ वटा शाखामध्ये ७२ वटा शाखा लुम्बिनी प्रदेशका १० वटा जिल्लामा मात्रै रहेका छन् लुम्बिनीका रोल्पा र रुकुम पूर्वबाहेक १० वटै जिल्लामा शाखा विस्तार गरी सेवा दिइरहेको छ ।

त्यस्तै, बागमती प्रदेशमा काठमाडौंमा ६ वटा शाखा विस्तार गरेको छ भने चितवन, ललितपुर र भक्तपुरमा एक/एक वटा शाखा रहेका छन् । बैंकले कैलालीमा २ वटा र कास्की, बाग्लुङ, नवलपुर, कञ्चनपुर र सुर्खेतमा एक/एक वटा शाखा विस्तार गरेको अध्यक्ष पाैडेलले जानकारी दिए ।

प्रदेश नम्बर १ र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ । लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रीय कार्यालय रहेकाले अधिकांश शाखा सञ्जाल लुम्बिनी प्रदेशमा नै केन्द्रित छन् ।

बैंकले उपत्यकामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । गत वर्ष मात्रै बैंकले दर्जन बढी शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो । अध्यक्ष पौडेलले बैंकले आवश्यकता हेरेर मात्रै शाखा विस्तार गर्दै आएको बताए ।

बैंकको हालको चुक्ता पुँजी ४ अर्ब २८ करोड रुपैयाँ र जारी पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले व्यापार, कृषि, उद्योग, होटल तथा पर्यटन क्षेत्रमा कुल कर्जाको ५७.४० प्रतिशत कर्जा लगानी गरेको छ । जसमा व्यापारतर्फ २१.८० प्रतिशत, कृषि क्षेत्रमा ७.१२ प्रतिशत, होटल तथा पर्यटनतर्फ १५.६९ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम व्यवसाय क्षेत्रमा १२.७९ प्रतिशत कर्जा लगानी गरेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा हाल ९८७ जना कर्मचारी कार्यरत छन् ।