गृहपृष्ठ नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता
नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता
नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।
सझौताअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।
वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित समय : २०:०३ बजे



















