काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य

6.91K
shares

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा लागि त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनायो ।

स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।

आजको खेलमा नामिबिया जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नामिबियाले नेपालमा भएको सिरिजमा तीन खेलमा हार बेहोरेको छ । स्कटल्यान्डको सिरिजमा दोस्रो जित निकाल्ने योजनामा छ । नेपालसँग पराजित स्कटल्यान्ड नामिबियासँग भने पहिलो खेलमा जित निकालेको थियो ।