गृहपृष्ठ स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य
स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा लागि त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनायो ।
स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।
आजको खेलमा नामिबिया जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नामिबियाले नेपालमा भएको सिरिजमा तीन खेलमा हार बेहोरेको छ । स्कटल्यान्डको सिरिजमा दोस्रो जित निकाल्ने योजनामा छ । नेपालसँग पराजित स्कटल्यान्ड नामिबियासँग भने पहिलो खेलमा जित निकालेको थियो ।
प्रकाशित समय : १३:४८ बजे


















