global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिबारे छलफल गर्न माओवादी बैठक बस्दै

राष्ट्रपतिबारे छलफल गर्न माओवादी बैठक बस्दै

राष्ट्रपतिबारे छलफल गर्न माओवादी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए । “राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्याण्डेड’ लिन खोज्नुभएको हो”, उनले भने, “बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुन्छ”, उनले भने ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लािग मनोनयन तोकिएको छ ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु