global ime bank Long Banner Ad

गृहपृष्ठ द हिलिङ होम एफसी र सीओबी क्र्यू क्वाटरफाइनलमा

द हिलिङ होम एफसी र सीओबी क्र्यू क्वाटरफाइनलमा

द हिलिङ होम एफसी र सीओबी क्र्यू क्वाटरफाइनलमा

दोस्रो भक्तपुर कप-२०७९ खुला फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबार दुई खेल भएका छन् । आज भएकाे खेलबाट द हिलिङ होम एफसी र सीओबी क्र्यूले क्वाटरफाइनलमा स्थान बनाएकाे छ।

सृजनानगर एफसीलाई पेनाल्टी सुटआउटमा २–४ ले पराजित गर्दै द हिलिङ होम एफसी क्वाटर फाइनलमा प्रवेश गरेकाे हाे । निर्धारित खेल अवधिमा दुवै टिमबाट २–२ गोल भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएकाे थियाे । सो खेलमा सृजनानगरका गोलकिपर हार्दिक कार्की उदीयमान खेलाडी र सोही टिमका नरेश तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

अर्काे खेलमा सीओबी क्र्यूले एपीएफ बलम्बूलाई १–२ गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेकाे छ । उक्त खेलमा एपीएफ बलम्बूका विनय मगर उदीयमान खेलाडी र सीओबी क्र्यूका कबू लिम्बू उत्कृष्ट खेलाडी घोषित भए ।

भक्तपुर युवा टिमको आयोजना भएको प्रतियोगिताको चौंथो दिन सोमबार (भोलि) पहिलो खेल बिहान ९:३० बजे बनेपा ब्वाइज र डार्क सुटर्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो १२:३० बजे गोदावरी एफसी र एफसी र्‍यालेबीच हुने टिम कमिसनर अनिल सुकुपायोले जानकारी दिए ।

प्रतियाेगितामा १६ टिम सहभागी छन् । प्रतियाेगिताकाे फाइनल खेल आगामी शनिबार हुने आयाेजकले जनाएकाे छ । विजेताले उपाधिसहित नगद १ लाख २५ र उपविजेताले  ६० हजार प्राप्त गर्नेछ ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु