global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एभरेष्ट बैंकले बीवाईडीका विद्युतीय गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

एभरेष्ट बैंकले बीवाईडीका विद्युतीय गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

एभरेष्ट बैंकले बीवाईडीका विद्युतीय गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

एभरेष्ट बैंक र बीवाईडीका विद्युतीय गाडीकाे अधिकृत बिक्रेता साइमेक्स इन्क प्रालिबीच फाइनान्स सुविधासम्बन्धी सम्झाैता भएकाे छ ।

सम्झाैताअनुसार बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् । यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ ।

अब ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ । भर्खरै सार्वजनिक भएको अटाे ३ पनि ग्राहकले १२.९८ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् भने ई६को लागि ११.८० लाख रूपैयाँ तिरे पुग्नेछ ।

एभरेष्ट बैंकले इच्छुक सवारीधनीलाई सात कार्यदिनभित्रै ऋणको व्यवस्थापन गर्नेछ । ऋण प्रक्रियाको शुल्कमा समेत छुट मिल्ने जनाइएको छ ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु