global ime bank Long Banner Ad

गृहपृष्ठ बिल्डकन अन्तर्राष्ट्रिय हाउजिङ एक्स्पो : ३ सय ब्रान्डका २ सय स्टल

बिल्डकन अन्तर्राष्ट्रिय हाउजिङ एक्स्पो : ३ सय ब्रान्डका २ सय स्टल

बिल्डकन अन्तर्राष्ट्रिय हाउजिङ एक्स्पो : ३ सय ब्रान्डका २ सय स्टल

यही फागुन ११ देखि भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एन्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्युपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो हुने भएकाे छ ।

चार दिने प्रदर्शनी तथा एक्स्पो यही फागुन ११ देखि काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने तय भएकाे हाे । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा उक्त प्रदर्शनी तथा एक्स्पो आयोजना गर्न लागेका हुन् ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका २०० भन्दा बढी स्टल रहने जनाइएकाे छ । निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यो प्रदर्शनी ७ वर्षदेखि कोशेढुंगा सावित हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि-फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रिट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिङ उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएकाे छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् ।

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु