global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा प्रहरी छात्रवृत्ति कोषलाई २५ लाख सहयोग

ग्लोबल आइएमई बैंकद्वारा प्रहरी छात्रवृत्ति कोषलाई २५ लाख सहयोग

ग्लोबल आइएमई बैंकद्वारा प्रहरी छात्रवृत्ति कोषलाई २५ लाख सहयोग

ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको बताएको छ । ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रकमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । उक्त अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आइएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे ।

महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैंकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रेहेको समेत जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस किसिमका आर्थिक सहयोगहरू प्रदान गरी आमनागरिक तथा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु