गृहपृष्ठ नामिबियाले दियो नेपाललाई २७५ रनको लक्ष्य
नामिबियाले दियो नेपाललाई २७५ रनको लक्ष्य
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकीं या फ्रान्सले ४९ रन बनाए ।
लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । करण केसीले १ विकेट लिए ।
मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
प्रकाशित समय : १३:१२ बजे

















