गृहपृष्ठ विश्वकै अग्लो स्थान सगरमाथामा कसरी जडान गरियो मौसम स्टेशन ?

विश्वकै अग्लो स्थान सगरमाथामा कसरी जडान गरियो मौसम स्टेशन ?

विश्वकै अग्लो स्थान सगरमाथामा कसरी जडान गरियो मौसम स्टेशन ?

विश्वको सबैभन्दा अग्लो भागमा रहेको मौसम स्टेशन क्षतिग्रस्त भएको करीब २ वर्षपछि शेर्पा तथा वैज्ञानिकहरुको एक समूहले आफ्नो ज्यान नै जोखिममा राखेर सगरमाथाको शिखरमा नयाँ तथा सुधारिएको संस्करणको मौसम स्टेशन पुनर्स्थापित गर्न सफल भए ।

इलेक्ट्रिसियन तथा पर्वतरोहण पथप्रदर्शक ३१ वर्षीय तेन्जिङ शेर्पाको नेतृत्वमा रहेको टोलीले सगरमाथाको ८ हजार ८१० मिटर (२८९०४ फिट) उचाईमा नयाँ कीर्तिमानी मौसम स्टेशन जडान गरेको छ । अर्थात् पृथ्वीमा सबैभन्दा अग्लो भागमा रहेको उक्त मौसम स्टेशन सगरमाथाको चुचुरो भन्दा केवल ३९ मिटर मात्र तल रहेको छ ।

नेशनल जियोग्राफिक र रोलेक्सको Return to Everest परियोजना अन्तर्गत सन् २०२२ को मे महिनामा सगरमाथामा उक्त मौसम स्टेशन जडान गरिएको थियो । अमेरिकाको अपालाचियन स्टेट विश्वविद्यालय, बेलायतको किंग्स कलेजका साथै नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र त्रिभुवन विश्वविद्यालयसँगाको सहकार्यमा यो परियोजना सञ्चालन भएको थियो ।

सगरमाथामा यसअघिको मौसम स्टेशन चुचुरो भन्दा ४ सय मिटर तल थियो । सगरमाथाको बाल्कोनी भनिने उक्त ठाउँमा सन् २०१९ मा जडान गरिएको उक्त मौसम स्टेशन ८ हजार मिटर भन्दा माथि जडान गरिएको विश्वको पहिलो स्थलीय मौसमी स्टेशन थियो । तर सगरमाथामा आएको हिमआँधीका कारण जडान गरेको ७ महिनामै उक्त स्टेशन क्षतिग्रस्त भएको थियो ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु