गृहपृष्ठ नेप्से घट्ने क्रम आज पनि राेकिएन
नेप्से घट्ने क्रम आज पनि राेकिएन
केही दिनयता सेयरबजारमा निरन्तर गिरावट आउने क्रम आज पनि राेकिएन । साता कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।
यसअघि बुधबार नेप्से १३.९०, मंगलबार १६.४० र आइतबार ६०.८८ अंक घटेकाे थियाे ।
नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच हुँदा आज एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले घटेको छ ।
बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ । यस दिन उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १ पैसा पुगेको छ । यस्तै, राप्ती हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रुपैयाँ पुगेको छ ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २० हजार ७०० रुपैयाँमा झरेको छ ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २ हजार ५२४ रुपैयाँमा ५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो ।
प्रकाशित समय : १५:३४ बजे


















