गृहपृष्ठ खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

धनगढी । नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता दुई करोड ५१ लाख पुगेको छ ।

खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए ।

संस्थानले धनगढी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युनतम एक सय १० शुल्क असुल गर्दै आएको छ ।

त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु