काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा

1.85K
shares

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका ग्राहकहरुलाई डिसहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराएको छ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित क्षेत्रका ग्राहकहरूलाई थप १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने छ।

डिसहोम इन्टरनेटको पहुँच पुगेका बाढी प्रभावित क्षेत्रहरू त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखुमा निशुल्क सेवा दिइरहेको डिसहोमले जनाएको छ।